Categories: Blog

Kathmandu Metro’s Mayor Balen talks about Mental health

Kathmandu Metro’s Mayor talks about mental health & says, “हामी कसैलाई प्रपोज गर्छौं उताबाट ‘नो’ उत्तर आएपछी हामी हारेको महशुस गर्छौं। अनि के चाहिँ बुझ्दैनौं भन्दाखेरी एकजनालाई प्रपोज गर्यौं ‘नो’ भयो तर अर्को १० जनालाई प्रपोज गर्दा भयो नि त, १०० जनालाई गर्दा भयो। अनि जिन्दगीमा त्यही १ जना चाहिन्छ त्यो नभए त बाँच्नै सक्दिन भन्ने सोच हुन्छ त्यो त गलत कुरा हो, हाम्रो बायोलोजीकल कुरा मात्र हो त्यो। हामी अर्को ट्राई गर्दा पनि हुन्छ। अर्कोले पनि ‘नो’ भने फेरि अर्कोलाई प्रपोज गर्दा हुन्छ, केही फरक पर्दैन।
परिक्षामा फेल भयो भने हामी डराउछौं नि, मैले सोचेको थिएँ ८०% आउनु पर्थ्यो आएन, ६०% आउनु पर्थ्यो आएन , फेल भइयो, पास भइएन, यी कुराहरु एकदमै सामान्य कुराहरु हुन्छन्। तपाईं ब्याचलर सकिएपछी, मास्टर्स सकिएपछी तपाईंले काम गर्दै जाँदाखेरी कसैलाई मतलबनै हुँदैन यसले के पढ्या थियो, कति ल्याएको थियो, कुन विश्वविद्यालयमा पढेको थियो, कसैले सोध्दापनी सोध्दैनन्, कसैलाई यादपनि हुँदैन।…म इन्जिनियरिङमा 2nd Division मा पास भएको जम्मा २.८८ GPA आएको थियो। अनि math मा सधैं फेल हुने मान्छे, मैले अनि extra math लिएको थिएँ +2 मा त्यसैले गर्दा इन्जिनियरिङ पढ्न पाएको जम्मा ४० कि ४२ कति आएको थियो। सधैं math मा फेल हुने मान्छे इन्जिनियर भएँ अहिले।….हामी निकै कमजोर छौँ भन्ने सोच्छौं मलाई यो चिज आउँदैन, मलाई यो चिजमा विज्ञता छैनौं भनेर सोच्छौं तर त्यो केही फरक पर्दैन किन कि तपाईंको नराम्रो चिजनै सबभन्दा राम्रो चिज बन्न सक्छ। जस्तै मेरो Biology मा ८७ आएको थियो तर म डाक्टर भईन् त तर math मा ४२ आएको थियो इन्जिनियर भएँ। अनि इन्जिनियरिङमा हाम्रो Theory of Structure भन्ने हुन्छ, ३ वटा विषय हुन्छ, ३ चोटि नै फेल भको हो, त्यहि विषयमा रिस उठेर यसले अत्ति नै गर्यो भनेर त्यहि विषयको Masters पढें मैले अनि university Topper भएँ। अनि हामीले जहिल्यै सोच्छौं हाम्रो कमजोरी हुन्छ, हामी हारी रहेको हुन्छौं, हामी फेल भईरहेका हुन्छौं तर त्यो राम्रो कुरा हो। हामीलाई failure ले बढी सिकाउँछ। तपाईं एकैचोटिमा फर्स्ट हुनुभयो, एकैचोटीमा अगाडी बढ्नु भयो भने कम कुरा सिक्नु हुन्छ तर तपाईं हार्दै हार्दै अगाडी बढ्नु भयो भने धेरै कुरा सिक्नु हुन्छ। हामिले हार्न पनि सिक्नु पर्छ त्यही भएर।”

Reason why we go depression

Balen suggestion for youth

Marknepal

Recent Posts

Bisket jatra highlight

भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्का: जात्रा आज चैत २७ गते…

3 weeks ago

Viennese Jewish – The Woman Who Invented WI-FI

The Woman Who Invented WI-FI. The most beautiful woman in the world in cinema and…

3 months ago

Sadhguru Quotes in nepali

“यस क्षण” कुनै सोच होइन । यो एक मात्र वास्तविकता हो तपाईं आफूलाई अरूसँग तुलना…

3 months ago

how to check See result with marksheet

Dear SEE Students: तपाईंको नतिजाको Grading system यस्तो रहनेछ ! कुनै पनि विद्यार्थी फेल हुने…

10 months ago

10 essential prompts to boost your

10 essential prompts to boost your productivity: 1. Summarize: "Summarize the text below into 500…

11 months ago

15 powerful ChatGPT prompts to save you 15 hours a week

15 powerful ChatGPT prompts to save you 15 hours a week: 1. Use the 80/20…

11 months ago

This website uses cookies.