Sadhguru Quotes in nepali

  • “यस क्षण” कुनै सोच होइन । यो एक मात्र वास्तविकता हो
  • तपाईं आफूलाई अरूसँग तुलना नगरी बाँच्नुभयो भने तपाईं आफूभित्र सधैँ समृद्ध रहनुहुनेछ ।
  • योगी हुनु भनेको यो हो : तपाईं आफ्नो वैयक्तिक अस्तित्वका सीमाहरू सचेतनपूर्वक मेटाएर अस्तित्वको एकत्व अनुभव गर्नुहुन्छ ।
  • सबैभन्दा अमूल्य चीज स्वयम् जीवन हो । यो कुरा तपाईंले अहिले बोध गर्नुहुन्छ वा आफ्नो मृत्युशैय्यामा मात्र ।
  • मरेतुल्य सद्दे रहनुभन्दा आनन्दपूर्ण पागलपनमा हुनु उत्तम हो ।
  • ध्यान अर्थात् अचेतन रहँदा बनाइएका अदृश्य पर्खालहरू विलिन गर्ने ।
  • .एकदिन यस धरतीले तपाईंलाई खानेछ । अहिले तपाईंले के खानुहुन्छ भन्नेले नै तपाईं कहिले खाइनुुहुनेछ भन्ने तय गर्छ ।
  • बस् जीवनलाई सुन्नुस्— यसको आफ्नै सन्देश छ । प्रत्येक व्यक्तिले त्यस सन्देश सुन्ने हो भने त्यहाँ सहिष्णु भाव हुनेछ र झैझगडाको लागि कुनै ठाउँ रहनेछैन ।
  • मनुष्यमा हुने सामर्थ्यको कुनै सीमा हुँदैन । तपाईंमा जहाँसम्म जाने इच्छा र साहस छ, यो त्यहाँसम्म जान सक्छ । मनुष्यको सामर्थ्यलाई उजागर गर्नु भनेको शिखरमा नै पुगिन्छ भन्ने होइन— यो मार्गदिशा हो ।
  • तपाईंको जीवनका प्रत्येक अनुभव— प्रकाश र अन्धकार, दु:ख र सुख, कष्ट र आनन्द, वेदना र परम आनन्द— बस् तपाईंभित्रै भइरहेका हुन्छन् ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *